neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारी सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारी सामान बरामद

Aug 21st, 2020

काठमाडौं, भदौ ५

रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ सेमरपानीबाट भाद्र ५ गते एपीएफ टोलीले करीव सात लाख १३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोवाईल स्क्रिन र कम्प्युटर पार्ट्स सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाईको छ ।

यसैगरी झापा जिल्लाको मेची नगरपालिका ७ फोहोरमैला ईलाकाबाट भाद्र ५ गते एपीएफ टोलीले करीव दुई लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको हार्डवयरका सामान र विभिन्न प्रकारका औषधी सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश फोहोरमैलाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बझुाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पशुपतिनगरबाट खटिएको एपीएफ टोलीले भाद्र ४ गते करीव दुई लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोवाईल पार्ट्स र गाडीको पार्ट्स एपीएफ टोलीले ईलाम जिल्लाको सुर्योदय नगरपालिका ३ स्थित सीमा इलाकाबाट बरामद गरको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi