neapl investment mega bank
  • गृहपृष्ठ
  • हनुमान मन्दिरका पुजारी हत्या गर्ने अपराधीलाई कडाभन्दा कडा सजाय माग

हनुमान मन्दिरका पुजारी हत्या गर्ने अपराधीलाई कडाभन्दा कडा सजाय माग

Aug 21st, 2020

काठमाडौ, भदौ ५

जुन राष्ट्रले साधु सन्तको जीवन रक्षा गर्न सक्दैन त्यो राष्ट्र पतन हुने अवस्था चित्रण गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट विद्यार्थी संगठनले हनुमान मन्दिरका पुजारी हत्या गर्ने अपराधीलाई कडाभन्दा कडा सजाय माग गरेको छ ।

घटना पछाडि कुनै आवेग र आक्रोश नभएर धार्मिक साम्प्रदायिक हिंसा फैलाउने बद्नियत छ भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) ले हत्यालाई हिन्दु धर्ममाथिको योजनावद्ध प्रहार भएको ठहर गरेको छ । अपराधीलाई चाँडोभन्दा चाँडो गिरफ्तार गरी, गंभीर भएर कानुनबमोजिम सजाय गर्न सरकारसँग संगठनले माग गरेको छ । माधवनारयण नगरपालिका २, रौतहट, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलिको खाना खाइरहेको अवस्थामा भाद्र ३ बेलुकी गोली प्रहार गरी हत्या गरिएको थियो ।

‘उक्त गंभीर अपराधिक घटनाको घोर निंदा एवम् भत्सर्ना गर्दै निष्पक्ष छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु । साथै नेपाल सरकारलाई यो कुरामा गंभीर हुन आग्रह गर्दछु,’ राप्रविसं (संयुक्त) का अध्यक्ष धनसुर शाहीले शुक्रबार जारी विज्ञप्तिमा भने ।‘जुन राष्ट्रले साधु सन्तको जीवन रक्षा गर्न सक्दैन, त्यो राष्ट्र पतन भएर जाने निश्चित हुन्छ,’ विज्ञप्तिमा भनिएको छ । विद्यार्थी संगठनले अपराधिलाई छिटोभन्दा छिटो पक्राउ गरी कारवाही गर्न र मृतकलाई अविलम्ब धार्मिक सहिद घोषणा गर्न माग गरेको छ । मृतक पुजारीको आत्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi