neapl investment mega bank
  • गृहपृष्ठ
  • कृषि विकास बैंक र इसेवा मनि ट्रान्सफरबिच सम्झौता

कृषि विकास बैंक र इसेवा मनि ट्रान्सफरबिच सम्झौता

Aug 21st, 2020

काठमाडौ, भदौ ५

कृषि विकास बैक र इसेवा मनि ट्रान्सफर बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुुसार अब इसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट नेपाल पठाएको रकम कृषि विकास बैंकका नेपालभर रहेका कुनै पनि शाखाबाट रुपमा भुक्तानी लिन सकिने छ ।

सम्झौतामा बैंकका तर्फबाट उपमहाप्रवन्धक यज्ञप्रकाश न्यौपाने र इसेवाका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अजेश कोईरालाले हस्ताक्षर गरेकाछन ।