neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु ,मृतकको संख्या १३७ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु ,मृतकको संख्या १३७ पुग्यो

Aug 21st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,५ भदौ

नेपालमा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप
११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।

शुक्रबार मृत्यु हुनेमध्ये एक महिला र १० पुरुष रहेका छन्  । मृत्यु हुनेमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जना रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १३७ पुगेको छ ।

आज एकै दिन ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको छ । त्यस्तै पछिल्लो २५० घण्टामा २६४ जनाले कोरोना जितेका छन् ।योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १८ हजार २१४ पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi