neapl investment mega bank

काठमाडौं उपत्यकामा थपिए २०८ संक्रमित

Aug 21st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,५ भदौ

काठमाडौंमा थप २ सय ८ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा २ सय ८ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका १८२,भक्तपुरका १ र ललितपुरका २५ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।यसअघि बिहीबार उपत्यकामा २ सय संक्रमित थपिएका थिए।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ५७९ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १२ हजार २३४ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १२ हजार १३२ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा सर्लाही, रौतहट, महोत्तरी,मोरंग र काठमाडौँ रहेका छन् ।हालसम्म ५ लाख ६५ हजार बढीको पिसिआर परीक्षण भएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा २५० जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १८ हजार २१४ पुगेको छ त्यस्तै कोरोनाका सङ्क्रमित शून्य रहेका जिल्लामा भोजपुर,म्याग्दी , मुस्ताङ र हुम्ला रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi