neapl investment mega bank
  • गृहपृष्ठ
  • पुजारी श्रीराम साहको अज्ञात समुहबाट गोली हानि हत्या गरिएको घटनाप्रति राप्रपाद्धारा भत्र्सना

पुजारी श्रीराम साहको अज्ञात समुहबाट गोली हानि हत्या गरिएको घटनाप्रति राप्रपाद्धारा भत्र्सना

Aug 20th, 2020

काठमाडौ, भदौ ४

रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नं. २ खेसरहीया स्थित श्री हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समुहबाट गोली हानि हत्या गरिएको घटनाको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन (राप्रयुसं) घोर भत्सर्ना गरेको छ ।

धर्म गुरु, धार्मिक क्षेत्र माथिको आक्रमण हिन्दुत्व कम्जोर पार्ने षडयन्त्र हुन सक्ने हुँदा घटनाको बास्तबिकता पत्ता लगाइ दोषीलाई अबिलम्ब पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न सरकारसंग राप्रयुसं माग गर्दछ, बिज्ञप्तीमा भनिएको छ । राप्रपाले साथै, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना प्रकट समेत गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi