आधारभूमि संवाददाता
काठमाडौँ,४ भदौ
नेपालमा थप ७०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ११ हजार ८३२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ८३२ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ११ हजार ७६८ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा सर्लाही,पर्सा, रौतहट, महोत्तरी,मोरंग र काठमाडौँ रहेका छन् ।हालसम्म ५ लाख ६५ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ।
थप २६४ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा २६४ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट २६३ जना डिस्चार्ज भएको बताए ।
योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १७ हजार ९६४ पुगेको छ । त्यस्तै कोरोनाका सङ्क्रमित शून्य रहेका जिल्लामा ,भोजपुर मनाङ, मुस्ताङ र हुम्ला रहेका छन् । नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १२६ पुगेको छ।