neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा श्रोत नखुलेको ६ लाख ४० हजार रुपैयाँसहित दुई महिला पक्राउ

एपीएफ टोलीद्वारा श्रोत नखुलेको ६ लाख ४० हजार रुपैयाँसहित दुई महिला पक्राउ

Aug 19th, 2020

रौतहट, भदौ ३

रौतहट जिल्लाको गौर नगरपालिका २ महादेवपट्टि सीमा ईलाकाबाट साउन ३ गते एपीएफ टोलीले श्रोत नखुलेको छ लाख ४० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको सितामढी बरगनीया १ सुन्दरीया घर बताउने ४५ वर्षिया शान्ति देवी र ४५ वर्षिया मिना देवी छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश महादेवपट्टिबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा उल्लेखित रुपैयाँ फेला परेको र उनीहरुले सो रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi