अछाम, भदौ ३
अछाम जिल्लाको रामारोशन गाउँपालिका ५ शैनी बजार स्थित कैलाश खोलाको नजिकै रहेका २२ घर बगाउदा बेपत्ता भएका छ जनाको शव फेला पारिएको छ । सो खोलाले बगाई अन्य ११ जना बेपत्ता भएको बताईएको छ ।
सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४९ गुल्म अछामबाट खटिएको एपीएफ टोली उनीहरुको खोजी तथा उद्वार कार्यमा खटिएको थियो । अन्य बेपत्ता भएकाहरुको खोजी तथा उद्वार कार्यमा एपीएफ टोली सकृयताकासाथ जुटेको छ ।