इलाम, ३ भदौ /रासस
पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोरोना महामारीपछि दोस्रो पटक आफ्नो गृहजिल्लामा स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ । कोरोनाको सङ्कटबाट बच्न उहाँले बिरामीको उपचारमा खटिँदा लगाइने(पीपीइ) आठ सय थान र चस्मा एक हजार पाँच सय थान प्रदान गर्नुभएको हो ।
इलाम निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभामा निर्वाचित खनालले सोही क्षेत्रका लागि सामग्री प्रदान गर्नुभएको हो । यो समयमा जिल्ला जान सहज नभएको भन्दै उहाँले सूर्योदय नगरपालिका वडा नं। १० का वडाध्यक्ष भाइचुङ पेमा उगेनलाई सामग्री प्रदान गर्नुभएको हो । उगेनले सबै सामग्री जिल्ला ल्याएर हस्तान्तरण गरिने बताउनुभयो ।