आधारभूमि संवाददाता
काठमाडौँ,२ भदौ
काठमाडौंमा थप २ सय ५ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा २ सय ५ जनाको पिसिआर पोजेटिभ आएको बताए ।
उपत्यकामा एकै दिन थपिएको यो संख्या हालसम्मकै बढी हो।
नयाँ संक्रमितमा काठमाडौंका १३८ ,भक्तपुरका १७ र ललितपुरका ५० जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । सोमबार काठमाडौं उपत्यकामा एकैपटक १ सय ६८ संक्रमित थपिएका थिए ।