neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु ,मृतकको संख्या ११४ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु ,मृतकको संख्या ११४ पुग्यो

Aug 18th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,२ भदौ

नेपालमा कोरोना सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप
सात जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा काभ्रे, मोरङ, नवलपरासी, धनुषा, बाँके र कास्कीका १–१ जना पुरुष र तनहुँकी एक महिला रहेका छन् ।यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८९ पुरुष र २५ महिला गरि ११४ पुगेको छ ।

आज एकै दिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन थपिएको यो संख्या हालसम्मकै बढी हो। त्यस्तै पछिल्लो २४ घण्टामा ८५ जनाले कोरोना जितेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi