neapl investment mega bank
  • गृहपृष्ठ
  • गल्याङका दलित समुदायलाई आरन व्यवस्थापनका लागि मेसिन हस्तान्तरण

गल्याङका दलित समुदायलाई आरन व्यवस्थापनका लागि मेसिन हस्तान्तरण

Aug 18th, 2020

गल्याङ, भदौ २

स्याङ्जाको गल्याङ नगरपालिका भित्रका आरन सञ्चालक दलित समुदायहरुलाई आधुनिक आरन व्यवस्थापनका लागि हाते मेसिन (हेण्ड ब्लोर) वितरण गरिएको छ ।

गल्याङ नगरप्रमुख भुपराज अधिकारीले मंगलबार नगरपालिकाका भित्रका विभिन्न दलित समुदायहरुलाई आरन व्यवस्थापनका लागि हाते मेसिन वितरण गर्नुभएको हो । हाते मेसिन हस्तान्तरण गर्दै नगर प्रमुख अधिकारीले सबै काममा अब आधुनिकता आउनुपर्ने बताउनुभयो ।

परम्परागत तरिकाले आरन व्यवसाय सञ्चालन गर्दा कष्ट व्यहोर्नुपरेको भन्दै उहाँले आधुनिकिकरणका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो ।

सबै वर्ग, क्षेत्र, लिङ्ग र जातीका समुदायलाई माथि उकास्नु अहिलेको आवश्यकता रहेको भन्दै नगरप्रमुख अधिकारीले आफ्नो अधिकार प्राप्तिका लागि अझै जागरुक हुन सुझाब दिनुभयो ।
मेसिन वितरण कार्यक्रममा गल्याङ नगरपालिका वडा नं. ७ का अध्यक्ष रामविर गुरुङको पनि सहभागिता रहेको थियो । गल्याङ नगरपालिका भित्रका १७ जना आरन सञ्चालकहरुलाई यो मेसिन हस्तान्तरण गरिएको स्टोर शाखा प्रमुख सन्तोष कोइरालाले जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi