neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रहरीलाई खुकुरी प्रहार गरेको अभियोगमा चार जना पक्राउ

प्रहरीलाई खुकुरी प्रहार गरेको अभियोगमा चार जना पक्राउ

Aug 18th, 2020

मकवानपुर, २ भदौ

प्रहरीलाई खुकुरी प्रहार गरेको अभियोगमा ४ जनालाई खुकुरी सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका-६ गौरीटार नजिक लागूऔषध गाँजा सेवन गरेका केही व्यक्तिहरूले घरघरमा ढुंगा हानी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीलाई सोही ठाउँस्थित रामनगर बस्ने २६ वर्षीय भक्तराम राउत समेत ४ जनाले खुकुरी प्रहार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

खुकरी प्रहारबाट घाइते भएका एक जना प्रहरी सहायक निरीक्षकलाई हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi