neapl investment mega bank
  • गृहपृष्ठ
  • बढ्यो बैंकहरुको खराब कर्जा , अब झनै लगानी जोखिममा पर्दै

बढ्यो बैंकहरुको खराब कर्जा , अब झनै लगानी जोखिममा पर्दै

Aug 18th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, भदौ २

गत वर्षको असार मसान्तमा २७ वटा वाणिज्य बैंकको खराब कर्जा औसतमा १ दशमलव चार शुन्य प्रतिशत थियो । तर अहिले भने यो बढेर १ दशमलव ७ प्रतिशत पुगेको छ ।

समयमै बैकहरुको किस्ता तथा ब्याज उठ्न नसकेपछि यसले खराब कर्जा बढाएको हो ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा लकडाउनअघि ३ दशमलव छ पाँच प्रतिशत थियो । अहिले बढेर ४ दशमलव शुन्य आठ प्रतिशत पुगेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा लकडाउनअघि २ दशमलव छ सात प्रतिशत रहेकामा असार मसान्तमा बढेर २ दशमलव नौ एक प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुस मसान्तसम्म असल मानिएको कर्जालाई असारसम्म ब्याज र किस्ता नआएपनि असलमै राख्न सकिने व्यवस्था गरेको छ । त्यसका बाबजुद बैंकको खराब कर्जा चैत ११ को लकडाउनअघिको तुलनामा बढेको छ ।

यी दुई जस्तै नेपाल बंगलादेश, प्रभु, एनसीसी, एनएमबी, सिभिल, बैंक अफ काठमाडौं , सेञ्चुरी, सनराइज, ग्लोबल आइएमई सिद्धार्थ र प्राइम बैंकको पनि खराब कर्जा बढेको छ । यस्तै सिटिजन्स, कुमारी, मेगा, नबिल, एनआईसी एसिया, माछापुच्छ«े, सानिमा, स्टाण्डर्ड चार्टर्ड, नेपाल एसबीआई र एभरेष्ट बैंकले पनि खराब कर्जा घटाउन सकेनन् । महामारीले उद्योग व्यवसाय प्रभावित भएको असर खराब कर्जा बढेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको व्यवस्थाले असार मसान्तमा खराब कर्जा घट्नुपथ्र्यो । तर चार महिना लामो लकडाउनको असर ऋणीले तिर्न नसक्दा बढेर १ दशमलव सात चार प्रतिशत पुगेको छ ।

महामारीकाबीच ४ वटा बैंकले भने खराब कर्जा घटाएका छन् । हिमालयन, लक्ष्मी, नेपाल र कृषि विकास बैंकले धितोमा राखेको सम्पत्ति बेचबिखन गरी खराब कर्जा घटाएका हुन् ।