काठमाडौ, भदौ १
आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीको ब्यवसायिक कारोबार बिधिवतरुपमा सञ्चालन भएको तीन बर्ष पुरा भएको कम्पनीले जानाकारी दिएको छ । उक्त अवसरमा शुभकामना सन्देश दिदै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले विषम परिस्थितिको वावजुद् पनि आफ्ना ग्राहक तथा अभिकर्ताहरुलाई उच्च प्राथमिकतामा राखी नियमित रुपमा सुबिधा उपलब्ध गराउदै आएको र डिजिटल माध्यमबाट नयाँ बीमा लेख तथा नबिकरण बीमा शुल्क लिन सक्ने ब्यवस्था गरिदै आएको जानकारी गराए ।
सोहि अवसरमा कार्यवाहक कम्पनी प्रमुख दिनेश अमात्यले कंम्पनी सञ्चालन आएदेखि १०३ शाखा संजालमार्फत बीमा सेवा पुर्याउदै हाल सम्म कुलबीमा शुल्क दुुई अर्ब ८५ करोड संकलन गर्न सफल भएको जानकारी दिए । साथै गतआ.व २०७६÷७७ मा कुल बीमा शुल्क एक अर्ब ४० करोड संकलन गर्दा बिगतको आ.व भन्दा ५३ प्रतिसतले कुल बीमाशुल्क बढि संकलन गर्न कम्पनी सफल भएको र १२० प्रतिसतले जीवनबीमा कोष बढाई कुल एक अर्र्ब ४६ करोड ३१ पुगेको जानकारी गराउदै आगामी दिनमा समेत कम्पनीले दुर दराजमा समेत बीमा पहुँच पुर्याउने र उत्कृष्ट बीमा सेवा उपलब्ध गराउने प्रतिवद्घता जनाए ।
कम्पनीले सञ्चालनको ३ बर्षको सुखद एंवम सफलतामा सहयोग पुर्याउन भएका नियमनकारी निकाय बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, सरोकारवाला सम्पूर्ण निकायहरु, सञ्चालक समितिका सदस्यहरु, सस्थापक शेयरधनीहरु, कर्मचारीहरु, अभिकर्ताहरु प्रति कम्पनीले हार्दिक धन्यवाद एवम् कृतज्ञता ज्ञापन गरेको छ ।