neapl investment mega bank
  • गृहपृष्ठ
  • कर्मचारीमा कोरोना संक्रमणपछि भैरहवा डिपो पाँच दिन बन्द

कर्मचारीमा कोरोना संक्रमणपछि भैरहवा डिपो पाँच दिन बन्द

Aug 16th, 2020

काठमाडौँ, ३२ साउन /रासस

नेपाल आयल निगम ५ नम्बर प्रादेशिक कार्यालय भैरहवा डिपोमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि डिपो पाँच दिन बन्द गरिएको छ । डिपोमा कार्यरत तीन कर्मचारी, मातहतका पेट्रोल पम्पका तीन र हवाई इन्धन डिपोका पाँच जना गरी आइतबार एघार जनामा कोरोना संक्रमित भेटिएपछि डिपो बन्द गरिएको हो । कर्मचारीमा संक्रमण देखिएपछि डिपो बन्द गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार सर्वसाधारणलाई सहज र सरल ढंगबाट पेट्रोलियम पदार्थ वितरण गर्न अमलेखगञ्ज डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने तयारी गरिएको छ । डिपो बन्द अवधिभर भैरहवा क्षेत्रका डिलरका लागि आवश्यक पेट्रोलियम पदार्थ अमलेखगञ्ज डिपोबाट आवश्यकतानुसार उतैका ट्यांकरबाट ढुवानी गरी डिपोमा स्टक ट्रान्सफरको व्यवस्था मिलाइएको छ ।

“डिपोमा रिजर्भमा राखिएका कर्मचारीबाट बिक्रीवितरणको व्यवस्था मिलाउन प्रादेशिक कार्यालयमा खबर गरिसकेका छौँँ”, उहाँले भन्नुभयो, अबको सात दिनपछि पेट्रोल पम्प, हवाई इन्धन डिपो बन्द गरिनेछ ।”