neapl investment mega bank
  • गृहपृष्ठ
  • सेनाद्धारा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सैनिक अधिकारीहरुलाई कारवाही

सेनाद्धारा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सैनिक अधिकारीहरुलाई कारवाही

Aug 16th, 2020

काठमाडौ, साउन ३२

नेपाली सेनाले सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सैनिक अधिकारीहरुलाई कारवाही गरेको छ । सेनाका अनुसार साउन ३२ गते बसेको समरी जनरल सैनिक अदालतबाट पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा “सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर समेत गरेको“ अभियोगमा सैनिक ऐन, २०६३ बमोजिम दोषी ठहरिएका नेपाली सेनाका सहायक रथी प्रयोग ज.ब.रा., महा सेनानी नविन सिल्वाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने गरी फैसला भएको छ ।

साथै उक्त अदालतबाट सह सेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोज बहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत र महा सेनानी राजेन्द्र मणी गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई सफाई दिने गरी फैसला भएको छ ।

आर्थिक अनियमितता र भ्रष्टाचारको विषयमा शून्य सहनशीलता नीति अनुरुप स्वच्छ संगठन निर्माण एवम् सुदृढिकरणको कार्यमा नेपाली सेना प्रतिवद्ध रहेको जानकारी समेत सेनाले दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi