काठमाडौ, साउन ३२
निर्धन उत्थान लघुुबित्त बित्तीय संस्थाले कोरोना रोकथाम कोषमा रकम सहयोग गरेको छ । देशको सातै प्रदेश ७७ वटै जिल्लामा १८१ शाखा कार्यालय स्थापना गरी ग्रामीण क्षेत्रमा प्रभावकारीरूपले वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरिरहेको संस्थाले कोभिड–१९ को संक्रमण बढिरहेको यस आपतकालीन अवस्थामा कोराना भाइरसबाट संक्रमित नागरीकहरूको जिउधनको सुरक्षागर्न सहयोग पु¥याउनको लागि नेपाल सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग स्वरूप एक करोड तीन लाख ५८ हजार चार सय ४९ रूपैयाँ जम्मा गरेको छ । यसरी प्रदान गरिएको रकमबाट कोराना भाइरसबाट संक्रमित व्यक्तिले समयमा नै सरल र सहजरूपमा उपचारपाई जिउधनको सुरक्षा हुनुका साथै कोरोना भाइरस संक्रमण रोेकथाम तथा उपचारका लागि ठूलो सघाउपुग्ने संस्थाले विश्वास लिएको छ ।
त्यसैगरी, संस्थाले नेपाल सरकार, प्रदेश सरकारहरूले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोगस्वरूप प्रत्येक प्रदेशलाई समान ४ लाखका दरले कुल रकम २८ लाख यस अघिनै जम्मा गरिसकेकोे साथै कोरोना भाइरस माहामारीको प्रतिकूल अवस्थाका कारण ग्राहक सदस्यहरूको परियोजना आशिंकरूपमा बन्द भएकोले त्यस्ता ग्राहक सदस्यहरूलाई आ.व. २०७६/७७ मा २ करोड ९ लाख २९ हजार ७ सय रूपैयाँ व्यवसाय पुनस्र्थापनाको लागि राहत÷अनुदान प्र्रदान गरेको समेत संस्थाले जानकारी दिएको छ ।