neapl investment mega bank
  • गृहपृष्ठ
  • शुन्दर यातायातमा ई पेमेन्ट सेवा सुरु , जुनसुकै प्रकारका सवारी साधनमा विद्युतिय माध्यमबाट भुक्तानी गर्न सकीने

शुन्दर यातायातमा ई पेमेन्ट सेवा सुरु , जुनसुकै प्रकारका सवारी साधनमा विद्युतिय माध्यमबाट भुक्तानी गर्न सकीने

Aug 16th, 2020

काठमाडौ, साउन ३२

नेपालमा पहिलो पटक सार्वजनिक विद्युतिय बस सञ्चालन गरीरहेको यस सुन्दर यातायात प्रा.लि र आईपे प्राईभेट लिमिटेडको सँयुक्त सहकार्यमा सार्वजनीक यातायात सहीत अन्य सम्पुर्ण साना तथा ठुला यातायातमा जडान गरी सञ्चालन गर्न सकिने इ–पेमेन्ट सर्वसुलभ मुल्यमा र सरल तरीकाले प्रयोग गर्न मिल्ने विद्युतिय स्मार्ट कार्ड मार्फत आज आईतबारबाट सञ्चालनमा ल्याएको छ । उक्त कार्ड मार्फत जुनसुकै प्रकारका सवारी साधनमा विद्युतिय माध्यम वाट भुक्तानी गर्न सकीने छ ।

साधारण व्यक्ति, विद्यार्थी, अशक्त सवैले अलग अलग प्रयोग गर्न मिल्ने यो कार्ड २०० र ५०० मा खरीद गरे पछि जुनसुकै डिपार्टमेण्ट स्टोर, स्टेसनरी सवै तिर प्रयोग गर्न मिल्ने छ । यो कार्डको अवधि १ वर्ष रहने छ र २०० मा खरीद गरेको कार्डले २५० को यात्रा गर्न मिल्ने छ उक्त कार्ड मार्फत भने अन्य सुविधा लीन मिल्ने छैन यो यातायात को लागी मात्र काम लाग्ने छ ।

यो कार्डमा कुनै पनि डिजिटल पेमेन्टबाट भुक्तान गर्न सकीने छ । यो कार्ड छिटै जडान गरेको यातायात, स्टेसनरी, डिपार्टमेन्ट स्टोर र ई–ढेवा वाट अनलाईन खरीद गर्न मिल्ने छ । र नेपनल सरकारले ल्याउन लागेको डिजिटल प्रणालीमा कम्पीटेवल हुने गरी वजारमा आउको छ । यो इ–पेमेन्ट हामी देशव्यापी संचालनमा ल्याउने छौ ।

aadharbhumi
aadharbhumi
aadharbhumi