neapl investment mega bank
  • गृहपृष्ठ
  • एनआईसी एशिया बैंकको बित्तीय परिसुचक उत्साहजनक , प्रतिकुल अवस्थामा पनि तीन अर्ब १२ करोड रुपैयाँ खुद मुनाफा आर्जन

एनआईसी एशिया बैंकको बित्तीय परिसुचक उत्साहजनक , प्रतिकुल अवस्थामा पनि तीन अर्ब १२ करोड रुपैयाँ खुद मुनाफा आर्जन

Aug 14th, 2020

काठमाडौ, साउन ३०

एनआईसी एशिया बैंकको बित्तीय परिसुचक उत्साहप्रद देखिएको छ । बिश्वव्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण आर्थिक गतिबिधि सुस्त रहेको अवस्थामा पनि बैंकले आर्थिक बर्ष २०७६÷७७ को चौथो चौथौ त्रैमासमा तीन अर्ब १२ करोड १४ लाख ८७ हजार आठ सय ६६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकले यस्तो नाफा तीन अर्ब दुुई करोड ३२ लाख ८२ हजार छ सय ६६ रुपैयाँ रहेको थियो । बैंकको स्वपुँजीमा प्रतिफल १९.४१ प्रतिशत रहेको छ र जुन समग्र वाणिज्य बैंकहरू मध्येकै सबैभन्दा बढी रहेको अनुमान बैकले गरेको छ ।

बैंकको आ.व. २०७६/७७ मा कुल कर्जामा बजार अंश ६.५० प्रतिशत रहेको छ भने चौथो त्रैयमाससम्ममा कर्जातर्फ २३ अर्बले वृद्धि गरी कुल कर्जा रकम एक खर्ब ७४ अर्ब पुगेको छ । जुन वाणिज्य बैंकहरूको गत आर्थिक वर्ष ०७६/०७७ मा भएको कुल कर्जा वृद्धि रकमको सात दसमलव ५९ प्रतिशत रहेको छ । समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा ११ दसमलव ७० प्रतिशत (करिब रू. ३०३ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात्) ले कर्जा वृद्धि भएकोमा बैंकले १६ प्रतिशत (रू.२३ अर्ब) ले कर्जा वृद्धि गर्न सफल भएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धि मध्ये सबैभन्दा उच्च वृद्धि हो ।

साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ गत आर्थिक वर्षको अन्त्यमा बजार अंश छ दसमलव २० प्रतिशत रहेको छ भने चौथो त्रयमाससम्ममा ३८ अर्ब रुपैयाँले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन दुुई खर्ब ११ अर्ब पु¥याउन बैंक सफल भएको छ । जुन वाणिज्य बैंकहरूमा गत आर्थिक वर्ष ०७६/०७७ मा भएको कुल वृद्धिको सात दसमलव ९६ प्रतिशत रहेको छ । साथै समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा १६ दसमलव पाँच प्रतिशत (करिब रू.४७७ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात्) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि भएकोमा बैंकले २२ दसमलव ५० प्रतिशत (३८ अर्ब रुपैयाँ) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि गरेको छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले साना तथा मझौला कर्जा, रिटेल कर्जा र प्रत्यक्ष विपन्न वर्ग कर्जामा लगानी विस्तार गर्ने नीति अवलम्वन गर्दै आएको छ । सोही रणनीति अनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ दसमलव आठ प्रतिशत कर्जा यस्ता साना रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ ।

बैंकले अवलम्वन गरेको सो रणनीतिको परिणाम स्वरूप बैंकको प्रमुख १० ग्राहकहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको पाँच प्रतिशत भन्दा कम रहेको छ, जुन समग्र बैंकिङ्ग क्षेत्रकै सबैभन्दा उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएको मध्ये पर्दछ । गत आर्थिक वर्षमा बैंकले चल्ती तथा बचत निक्षेपतर्फ रू. २२.१२ अर्बले वृद्धि गरी कासा मिश्रणको प्रतिशत ४५ दसमलव १७ पु¥याउन सफल भएको छ जुन समग्र वाणिज्य बैंकहरूको औषत करिब ४२ प्रतिशतको तुलनामा तीन दसमलव १७ प्रतिशत विन्दुले बढी हो । बैंकले निक्षेप तर्फ पनि साना साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्वन गरी अगाडि बढिरहेको छ । जसको परिणाम स्वरूप प्रमुख १० निक्षेककर्ताहरूको बैंकको कुल निक्षेपमा रहेको अंश केबल १० प्रतिशत मात्रै रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ । त्यस्तैगरी बैंकको कल निक्षेपको अंश हाल कुल निक्षेपको नौ दसमलव छ प्रतिशत कायम गर्न सफल भएको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये एक हो ।

बैंकको आफ्नो दिर्घकालीन रणनीति अनुरूप ग्राहक संख्यामा विस्तार गर्ने र डिजिटल फस्ट बैंक बन्ने लक्ष्यलाई मुर्तरूप दिँदै गत आर्थिक वर्षमा मात्रै चार लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कुल २२ लाख ग्राहकहरू माझ आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिहरूमध्ये उच्चतम वृद्धि हो । गत आर्थिक वर्षमा बैंकले डिजिटल बैंकिङ्गतर्फ पनि उल्लेखनीय उपलब्धी हासिल गरेको छ । यस बैंकले आ. व. २०७६/७७ मा डेबिट कार्डमा दुुई लाख ३७ हजारले प्रयोगकर्तामा वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब ३९ प्रतिशत सहित कुल आठ लाख ६६ हजार पु¥याउन सफल भएको छ । साथै मोबाइल बैंकिङ्गमा तीन लाख १४ हजारले वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब १२ प्रतिशत सहित कुल १२ लाख १ हजार पु¥याउन सफल भएको छ । त्यसैगरी इन्टरनेट बैंकिङ्गतर्फ १२ हजारको वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब १४ प्रतिशत सहित कुल १ लाख १२ हजार प्रयोगकर्ताहरू पु¥याउन बैंक सफल भएको छ । साथै बैंकले १५ हजार भन्दा बढी क्यु आर मर्चेन्ट र करिब ४ हजार पस मर्चेन्ट मार्फत आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको दुुई प्रतिशत ब्याज छुटको अलावा २०७७ को वैशाख र जेष्ठ महिनासम्ममा तिर्नुपर्ने ब्याज सम्बन्धित मसान्तभित्र चुक्ता भुक्तान गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहक समक्ष ल्याएको छ । यसका अतिरिक्त २०७७ आषाढ महिनामा समेत नेपाल राष्ट्र बैंकद्वारा व्यवस्था गरिएको उक्त २ प्रतिशत ब्याज छुटको अलावा यस बैंकबाट कर्जा सुविधा लिएका सम्पूर्ण ग्राहकहरूले सोही मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुभएकोमा १ श्रावण २०७७ देखि लागू हुने गरी उक्त कर्जाको तत्कालिन ब्याजदरलाई कम गरी नौ दसमलव ९९ प्रतिशत कायम गरिएको छ । यसले गर्दा ग्राहक महानुभावहरूको वित्तीय भार कम हुन भई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैकको हाल मुलुकभर तनि सय २६ शाखा कार्यालयहरू, चार सय ६६ एटिएम, एक सय दुुई वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब एक अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।