neapl investment mega bank

पहिरोमा पुरिएर सात जनाको मृत्यु

Aug 14th, 2020

काठमाडौं, ३० साउन

मकवानपुर, थाहा नगरपालिका-१२ गैरीगाँउ त्रिभुवन राजपथस्थित सडकमा रत्न ठाकुरको माईनिङ एण्ड माईनिङ ढुङगा खानीमा बिहीबार बेलुका पहिरो जाँदा सोही ठाउँ बस्ने खानीको साईड हेर्ने ४५ वर्षीय काले मोक्तानको मृत्यु भएको छ । पहिरोमा पुरिएर पार्कीङ गरी राखेको १ वटा स्काईभेटर र ३ वटा टिप्पर समेत क्षती भएको छ ।

कालिकोट, महावै गाउँपालिका-३ नकु बस्ने राज बहादुर बिष्टको घर माथिबाट बिहीबार राति पहिरो जाँदा बिष्टको १३ वर्षीय छोरा पुष्प बिष्ट लगायत ६ जनाको मृत्यु भएको छ । घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले उद्दार गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi