neapl investment mega bank

शवबाट सङ्क्रमण सर्दैन :मन्त्रालय

Aug 13th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २९ साउन

मन्त्रालयले शवबाट कोभिड–१९ नसर्ने बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शवले हाछ्यँु नगर्ने र श्वास नफेर्न भएकाले सङ्क्रमण नसर्ने बताएका हुन्।

यदि शरीरबाट निस्केको तरल पदार्थ छ भने त्यो चलाएर राम्रोसँग हात नधोए भने मात्र सङ्क्रमण सर्ने प्रवक्ताले जानकारी दिए। अन्त्येष्टिमा सबैले हात धुने, पञ्जा प्रयोग गर्ने र मास्क लगाउने गर्नुपर्छ र बच्चा र ६० वर्षिए भन्दा माथिका व्यक्तिलाई समाबेस गराउन नहुने पनि प्रवक्ता गौतमले बताए । शवछुने व्यक्तिले अनिवार्य रूपमा पानी नछिर्ने एप्रोन,पन्जा , सर्जिकल माक्स , चस्मा ,गमबूट,लामो बउला भएको गाउन र जुत्ताको खोल प्रयोग गर्नु पर्दछ ।

यदि परिवार र शुभेच्छुक कसैले हेर्न चाहेमा मृतकको अनुहार मात्र खोली देखाउन सकिने र मृतकलाई हातले मुसार्ने, अँगालो हाल्ने र चुम्बन गर्न नहुने गौतमले बताए। अन्त्येष्टि गर्ने स्थलमा ठुलो जमघट गर्न नहुने र १ मिटरको भौतिक दुरि सबैले कायम गर्नुपर्ने बताए । अन्त्येष्टिकार्य सकेपछि सबैले नुहाउने पर्ने पनि बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi