neapl investment mega bank

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

Aug 13th, 2020

काठमाडौं, २९ साउन

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ तीनताप्केस्थित सडकमा ना.६ ख १६११ नम्बरको ट्रकमा ना.२ ह ३४६५ नम्बरको अटो बिहीबार बिहान ठक्कर खाई दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका २ जना पुरुषको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनीहरुको हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अटो चालकको उपचार भइरहेको छ । ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, गोदावरी नगरपालिका-५ मनहरा पुलनजिक सडकमा से.६ प ३३८९ नम्बरको मोटरसाइकल बिहीबार बिहान अनियन्त्रित भई सडकबाट करिब २० फिट तल खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने डडेल्धुरा अमगरगढी नगरपालिका-८ घर भएका २० वर्षीय खेम सार्कीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi