neapl investment mega bank
  • गृहपृष्ठ
  • करिब ४ लाख ३६ हजार रुपैयाँ बराबरको सुन ठगी गरेको अभियोगमा पक्राउ

करिब ४ लाख ३६ हजार रुपैयाँ बराबरको सुन ठगी गरेको अभियोगमा पक्राउ

Aug 13th, 2020

काठमाडौ, साउन २९

सुन पसलबाट सुन ठगी गर्ने महिला पक्राउ परेकीछन । महानगरीय अपराध महाशाखा मिनभवनका अनुसार ठगी कार्यमा संलग्न भएको जाहेरीको आधारमा जिल्ला झापा शान्तीनगर वडा नं. ६ घर भईहाल का.जि.का.म.न.पा. ३१ नयाँ वानेश्वर बस्ने बर्ष २९ कि शारदा मगर पक्राउ परेकी हुुन ।

प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भई हाल का.जि.का.म.न.पा. ३१ नयाँ वानेश्वर बस्ने रमिता रन्जित श्रेष्ठको जाहेरी अनुसार जिल्ला झापा शान्तीनगर वडा नं. ६ घर भईहाल का.जि.का.म.न.पा. ३१ नयाँ वानेश्वर बस्ने बर्ष २९ कि शारदा मगरले चार लाख ३६ हजार रुपैयाँ बराबरको सुनका गरगहनाहरु विभिन्न वहाना बनाई झुक्याई ठगी गरेको ठगी मुद्धामा निज शारदा मगरलाई यस महाशाखाबाट खटिएको प्रहरी टोलीले बुुधबार ज्ञानेश्वर बाटप्रकाउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको हो ।

प्रहरीका अनुसार मगर अन्य व्यक्तिहरु समेतलाई ठगी गरेको हुन सक्ने सम्भावना रहेकोले निजबाट ठगीमा परेको भए यस कार्यालयमा संम्पर्कमा आउनको लागि अनुरोध समेत गरेको छ । उनले डेड तोलाको सुनको सिक्री एक थान, सुनको लकेट ५४ लालको एक थान, सुनको ब्रासलेट १ तोला ५२ लालको एक थान, हिराको औठी एक थान र सुनको औठी ३५ लालको थान ठगी गरेको अभियोग रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi