neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ८ लाख नाघ्यो (अपडेट)

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ८ लाख नाघ्यो (अपडेट)

Aug 13th, 2020

आधारभूमि संवाददाता
काठमाडौँ, २९ साउन

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ८ लाख नाघेको छ ।

नेपाली समय बिहीबार १० :०० बजे सम्म विश्वभरीमा दुई करोड ८ लाख ६ हजार ९६१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड ३७ लाख ६ हजार ६८५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६३ लाख ५३ हजार ०१८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ६०८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ७ लाख ४७ हजार २५८ व्यक्तिको मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ५३ लाख ६० हजार ३०२ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ६९ हजार १३१ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ३१ लाख ७० हजार ४७४ जना सङ्क्रमित भएका छन् भने १ लाख ४ हजार २६३ जनाको मृत्यु भएको छ ।

त्यसतै तेस्रो धेरै प्रभावित भएको भारतमा २३ लाख ९५ हजार ४७१ जना सङ्क्रमित भएका छन् भने ४७ हजार १३८ जनाको मृत्यु भएको छ ।

स्रोत : वर्ल्डोमीटर
https://www.worldometers.info/coronavirus/