neapl investment mega bank
  • गृहपृष्ठ
  • राप्रपाद्धारा पार्टी एकीकरणको सम्वन्धी आधारपत्र तयार गर्न समिती गठन

राप्रपाद्धारा पार्टी एकीकरणको सम्वन्धी आधारपत्र तयार गर्न समिती गठन

Aug 12th, 2020

काठमाडौ साउन २८

राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा) ले पार्टी एकीकरण सम्वन्धी आधारपत्र तयार गर्न समिती गठन गरेको छ । अध्यक्षत्रयको बैठकले पार्टी एकिकरण सम्बन्धि आधारपत्रमा उल्लेखित बिषयहरुको कार्यान्वयन र थप ब्याख्याको निमित्त सात दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरि सुझाव समिति गठन गरिएको राप्रपाले जनाएको छ ।

राप्रपाका अनुसार उक्त समितीमा दिपक बोहोरा, बुद्धिमान तामाङ्ग, विक्रम पाण्डे, राजेन्द्र लिङ्देन, धुव्रबहादुर प्रधान र श्याम प्रसाद तिमिल्सिना रहेकाछन ।