आधारभूमि संवाददाता
काठमाडौँ, २७ साउन
विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ७ लाख ३८ हजार ९३० व्यक्तिको मृत्यु भएको छ ।
नेपाली समय मंगलबार १०:०० बजे सम्म विश्वभरीमा दुई करोड २ लाख ५४ हजार ६६२ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड ३१ लाख १८ हजार ६१८ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६३ लाख ९७ हजार ११४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ५३८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ५२ लाख ५१ हजार ४४६ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ६६ हजार १९२ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ३० लाख ५७ हजार ४७० जना सङ्क्रमित भएका छन् भने १ लाख १ हजार ८५७ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको भारतमा २२ लाख ६७ हजार १५३ जना सङ्क्रमित भएका छन् भने ४५ हजार ३५३ जनाको मृत्यु भएको छ ।
स्रोत : वर्ल्डोमीटर
https://www.worldometers.info/coronavirus/