neapl investment mega bank
  • गृहपृष्ठ
  • फिलिपिन्समा एकै हप्तामा तेस्रो भूकम्प, थप पाँचको मृत्यु

फिलिपिन्समा एकै हप्तामा तेस्रो भूकम्प, थप पाँचको मृत्यु

Nov 1st, 2019

मनिला, १५ कात्तिक (रासस/एएफपी)

फिलिपिन्समा गत एक हप्ताको विचमा तीन पटक भूकम्प गएको छ । पछिल्लो पटक बिहीबार पनि भूकम्प गएको छ । 

देशको दक्षिणी क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु केही घाइते भएका छन् ।  

अधिकारीहरुका अनुसार अरु कैयौँ घरसहितका भौतिक संरचनाहरु भत्किएका छन् । यसअघिका दुई भूकम्पले पनि ठूलो क्षति पु¥याएको थियो । 

मिन्डानाओ पहाडलाई केन्द्रमा पारेर ६.५ म्याग्नीच्युडको भूकम्प आएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । त्यही क्षेत्रमा गत मङ्गलबार आएको भूकम्पमा परी अरु आठ जनाको मृत्यु भएको थियो । 
भूकम्पको केन्द्रविन्दुदेखि झण्डै ४५ किलोमिटर टाढा पर्ने दक्षिणी क्षेत्रको मुख्य सहर मानिने डाभाओ सहरमा पनि धेरै क्षति पुगेको अधिकारीहरूले जनाएका छन् ।

भत्किएको घरमा परेर नौ जना घाइते भएका छन् । उद्धारकर्ताले उनीहरुलाई उद्धार गरेपनि अन्य एक जना त्यहीँ च्यापिएको अनुमान गरिएको छ ।

कोताबाटो प्रान्तमा पाँच जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु भएकामध्ये एक जना स्थानीय सरकारी अधिकारी पनि रहेको प्रहरीले जनाएको छ । 
 
यही अक्टोबर १६ देखि आएका तीन भूकम्पमा परी अन्य क्षेत्रका पनि धेरै भौतिक संरचनामा क्षति पुगेको अधिकारीले जनाएका छन् ।