आधारभूमि संवाददाता
काठमाडौँ, २५ साउन
नेपालमा कोरोना सङ्क्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले
कास्की र पर्सामा थप दुईजनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।
मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका-१९ घर भएका ६२ वर्षका पुरुष रहेका छन् । उनको गए राति ११ः३५ बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनि मधुमेहको बिरामी थिए ।
त्यसतै मृत्यु हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका-२ बस्ने २० वर्षीया महिला रहेकी छन् । उनको हिजो बिहान निधन भएको हो । ती महिलालाई उपचारका लागि नारायणी अस्थायी कोरोना विशेष अस्पताल पुर्याईएपछि मृतक घोषित भएकि थिइन् हो ।
यो सँगै नेपालमा कोभिड –१९ बाट मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ ।