neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ लाख २९ हजार नाघ्यो (अपडेट)

विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ लाख २९ हजार नाघ्यो (अपडेट)

Aug 9th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २५ साउन

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ७ लाख २९ हजार ५९१ व्यक्तिको मृत्यु भएको छ ।

नेपाली समय आइतबार १०:३० बजे सम्म विश्वभरीमा एक करोड ९८ लाख ६ हजार २८५ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड २७ लाख २२ हजार ९३१ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६३ लाख ५३ हजार ७६३ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार १६० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ५१ लाख ४९ हजार ७२३ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ६५ हजार ०७० पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ३० लाख १३ हजार ३६९ जना सङ्क्रमित भएका छन् भने १ लाख ५४३ जनाको मृत्यु भएको छ ।

स्रोत : वर्ल्डोमीटर
https://www.worldometers.info/coronavirus/