neapl investment mega bank
  • गृहपृष्ठ
  • तास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १८ जना पक्राउ

तास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १८ जना पक्राउ

Aug 8th, 2020

काठमाडौं, २४ साउन

चितवन, कालिका नगरपालिका-५ ब्रम्हस्थान बस्ने ३३ वर्षीय राजकुमार चौधरीको घरमा तास खेलिरहेको अवस्थामा चौधरी समेत १३ जनालाई नगद १ लाख ८८ हजार ८ सय ६२ रुपैयाँ र ४ बुक तास सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टाँढीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


कास्की, पोखरा महानगरपालिका-२६ सक्नेरी बस्ने २७ वर्षीया मेलिना श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई नगद १२ हजार ५ सय ९० रुपैयाँ र १ सय ६० पत्ती तास सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।