काठमाडौं, साउन २४
चन्द्रागिरी नगरपालिका २ नागढुंगामा ट्याक्सी चालकहरूलाई धम्क्याई रकम असुल गर्न खोजेको अभियोगमा काठमाडौं चन्द्रागिरी नगरपालिला ३ बस्ने सर्लाही परमानिपुर गाउँपालिका ९ घर भएका ३८ वर्षीय कमल वाईवालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नागढुंगास्थित सार्बजनिक सडकमा ट्याक्सी चालकहरूले ग्राहकसँग असुल गर्ने रकममध्ये केही रकम आफूले पाउनुपर्ने भन्दै रकम असुल्न खोजेको अवस्थामा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
वाईवा उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।