neapl investment mega bank
  • गृहपृष्ठ
  • मोटरसाइकल चोरी गरी फरार रहेका प्रतिवादी पक्राउ

मोटरसाइकल चोरी गरी फरार रहेका प्रतिवादी पक्राउ

Aug 8th, 2020

काठमाडौं, साउन २४

मोटरसाईकल चोरी मुद्दामा फरार प्रतिबादी धादिङ थाक्रे गाउँपालिका-१० घर हुने ३६ वर्षीय सन्ते भन्ने राम कुमार तामाङलाई चन्द्रागिरि नगर्पालिका-३ महाशक्तिबाट गएराति प्रहरीले पक्राउ गरेको छ ।

विगत लामो समयदेखि विभिन्न प्रहरी कार्यालयबाट खोजतलास भइरहेका राम कुमारलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले महाशक्तिस्थित बाटोमा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

मोटरसाईकल चोरीका घटनाहरूमध्ये महानगरीय प्रहरी वृत्तको जिम्मेवारी क्षेत्रमा रहेका ४ वटा मोटरसाईकल चोरी मुद्दा तथा अन्यत्रबाट समेत निजले मोटरसाईकल चोरी गरी फरार रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त वृत्तले जनाएको छ । रामकुमार उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।