neapl investment mega bank
  • गृहपृष्ठ
  • उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द, यी सेवाहरु भने खुला रहन्छन

उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द, यी सेवाहरु भने खुला रहन्छन

Aug 7th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, २३ साउन

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण दर र जोखिम बढ्न थालेपछि सावधानीका तरिका अपनाउन थालिएको छ । काठमाडौं भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले २ साता सम्म अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेका छन् ।

लकडाउन खुलेसगै सरकारी कार्यालयमा भिड बढ्न गई कोरोना संकमणको जोखिम पनि बढ्न थालेको छ । संभावित जोखिम कम उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरुले अब सम्पूर्ण काममा कडाई गर्ने भएका छन् ।

शुक्रबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकामा कोरोना धेरै देखिएका ठाउँमा सिल गर्ने निर्णयसमेत गरेको छ ।

दिनप्रतिदिन कोरोनाका संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा सुविधाहरुमा पनि कटौती गरिएको छ । गर्न आज मात्र उपत्याकमा १सय २ जनामा कोराना संक्रमण देखिएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

तीन वटै जिल्ला प्रशासन कार्यालयका सीडीओहरुले साउन २५ गतेदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने र नगर्ने सेवाहरु जानकारी गराएका छन् । अत्यावस्यक बाहेकका सेवाहरु भदौ ८ गतेसम्मका लागि स्थगित रहने बताइएको छ ।

यस्ता सेवाहरु स्थगित गरिएको छ :

१) नयाँ नेपाली नागरिकता वितरण

२) नागरिकता प्रतिलिपी वितरण

३) हात हतियार दर्ता नविकरण

४) संस्था दर्ता रपत्रपत्रिका दर्ता साथै नविकरण सम्बन्धि कार्य

५) निजी सुरक्षा कम्पनी नविकरण

६) राहदानी वितरण

७) नावालिग परिचय पत्र वितरण

उक्त प्रकृतिका सेवाहरु १५ दिन सम्म बन्द गरिएपनि तल उल्लेखित अत्यावस्यक सेवाहरु भन नियमित संचालन हुनेछन् ।

१) शान्ति सुरक्षा सम्बन्धि सेवा

२) ठाडो निवेदन र उजुरी सम्बन्धि

३) मुद्दा सम्बन्धि कार्य

४) अतिआवश्यक कामको लागि सवारी पास सम्बन्धि कार्य

५) विपत व्यवस्थापन सम्बन्धि कार्य

यस्ता सेवा लिन जाँदा सेवाग्रहीले अनावश्यक भिडभाड नगरी दुई मिटरको भौतिक दूरी राखेर सेवा लिनुपर्ने विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य मापदण्ड नअपनाइए सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने जनाइएको छ । ऐनमा एक महिनासम्म कैद वा जरिवाना वा दुबै सजाय गर्न सक्ने व्यवस्था छ ।

यसैगरी अत्यावश्यक कामका लागि कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीले स्वास्थ्य मापदण्ड अपनाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने स्यानिटाइजरको प्रयोग गर्नुपर्ने वा साबुनपानीले राम्ररी हात धुनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने जनाइएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi