neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा एकैपटक थपिए १०६ संक्रमित

काठमाडौं उपत्यकामा एकैपटक थपिए १०६ संक्रमित

Aug 7th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २३ साउन

काठमाडौंमा थप १०६ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १०६ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका ८८ , ललितपुरका १० र भक्तपुरका ८ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । बिहीबार काठमाडौं उपत्यकामा ८७ संक्रमित थपिएका थिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट ६ हजार ६२२जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १० हजार २०७ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ६ हजार ३३० छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा
काठमाडौँ ,पर्सा , कैलाली , महोत्तरी र रौतहट रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ४२५ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १५ हजार ८१४ पुगेको छ । सङ्क्रमितहरु नहुने जिल्लामा खोटाङ, धनकुटा ,संखुवासभा, मनाङ , मुस्ताङ र रुकुम पश्चिमी रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi