neapl investment mega bank

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Aug 7th, 2020

काठमाडौं, २३ साउन

रुपन्देही, मायादेवी गाउँपालिका-१ खोदखोदिया बस्ने २५ वर्षीय प्रभुदयाल मिश्रलाई १५ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मिश्रले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उदयपुर, चौदण्डीगढी नगरपालिका-६ सातधारे बस्ने २५ वर्षीय सुनिल कुँवरलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कुँवरले किशोरीलाई ललाईफकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi