आधारभूमि संवाददाता
काठमाडौँ, २२ साउन
नेपालमा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले
सर्लाहीका १, मोरङका २, धनुषाका १ र सप्तरीका १ जना गरी ५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट ६५ जनाको मृत्यु भएको छ ।