neapl investment mega bank
  • गृहपृष्ठ
  • घरको ढोका फोड्दै गरेको अवस्थामा पक्राउ

घरको ढोका फोड्दै गरेको अवस्थामा पक्राउ

Aug 5th, 2020

भक्तपुर, २१ साउन

सूर्यविनायक नगरपालिका-५ कटुन्जे बस्ने ४७ वर्षीय पेम्बा शेर्पाको घरको ढोका फोड्दै गरेको अवस्थामा सोही नगरपालिका-४ दधिकोट बस्ने सिन्धुली भिमान घर भएका २१ वर्षीय शुक्र तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

तामाङले रातको समयमा ढोका फोड्दै गरेको अवस्थामा घरधनीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गर्नासाथ महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi