आधारभूमि संवाददाता
काठमाडौं, साउन २१
नेपाली बजारमा सुनको भाउ हालसम्मकै महङ्गो बन्न पुगेको छ । स्थानीय बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार तोलामा २ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार १६ सय रुपैयाँ बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार ४०० कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ हालसम्मकै उच्च भएको जनाएको छ ।
त्यस्तै, आज बजार तेजावी सुनको पनि १५ सय ३५ रुपैयाँले बढेर १ लाख ९०० रुपैयाँ पुगेको छ।
चाँदी प्रतितोला रु १२ सय ९५ मा कारोवार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला रु १२ सय ३० मा कारोवार भएको थियो ।