neapl investment mega bank
  • गृहपृष्ठ
  • समाजसेवी प्रधानद्धारा ३५ हजार बराबरको कार्पेट सहयोग

समाजसेवी प्रधानद्धारा ३५ हजार बराबरको कार्पेट सहयोग

Aug 4th, 2020

भक्तपुर, साउन २०

भक्तपुर विकास समितिका पूर्व अध्यक्ष एवं समाजसेवी कृष्णलाल प्रधानले भक्तपुरको नासमनास्थित श्यामसुन्दर भजन मण्डलको निर्माण सम्पन्न भजन घरका लागि ३५ हजार बराबरको र्भुइमा ओछ्याउने कार्पेट सहयोग गरेका छन् ।

भक्तपुर नगरपालिका वडा नं ४ नासमनास्थित नासमना भजन मण्डलको उक्त भजन घरमा ओछ्याउनका लागि आवश्यक कार्पेट दाता प्रधानले सहयोग गरेका हुन् । उक्त कार्पेट सहयोगप्रति भजनमण्डल पुननिर्माण उपभोक्ता समितिका अध्यक्ष डा इन्दुल केसीले दाता प्रधानलाई धन्यबाद व्यक्त गरे ।

भजनघरको पुननिर्माण सम्पन्न भइसकको छ । तर भजन घर हस्तान्तरण भने हुन सकेको छैन । भजन घर हस्तान्तरण नहुँंदै छानाबाट पानी चुहिने तथा भ¥र्याङ नमिलेका कारण हस्तान्तरणमा ढिलाई भइरहेको जनाइएको छ । साथै ऐतिहासिक भजन घरको भुईतल्लाका पसल कवलहरुमा पसलेहरुले सिमेन्ट प्रयोग गरेका कारण पनि भजन घर विवादमा तानिएको छ । परापूर्वकालदेखि पसल बहालमा रहेका पसलेहरुले आआफनो पसलमा नियम विपरित सिमेन्टको प्रयोग गरी प्याष्टर गरेका थिए ।

भजनघर पुननिर्माणको क्रममा पूरै भत्काउँंदा उठेर गएका उनीहरुले भजनघरको पुननिर्माण सम्पन्न नहुँंदै पसल कवल तयार भएपछि बस्न थालेका थिए । उनीहरुले त्यस क्रममा आआफनो पसल कवलमा नियमविपरित प्लाष्टर गरेका थिए ।

ऐतिहासिक भजन घरको पुननिर्माण सम्पन्न गरी हस्तान्तरण नहुँंदै छानाबाट पानी चुहिनु, भ¥र्याङ नमिल्नु, नियमविपरित पसल कवलमा सिमेन्टको प्रयोग गरी प्लाष्टर गर्दासमेत सरोकारवालाईहरुलाई कारवाही गर्न ढिलाई भएकोप्रति स्थानीय जनता आश्चार्यचकिट छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi