neapl investment mega bank

चेपाङ बस्ती निर्माण गर्न सहयोग

Aug 4th, 2020

काठमाडौ, साउन २०

नेपाली हेभी इक्विप्मेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवरले चितवन माडीस्थित सिसौंखोला जंगलमा बस्दै आएका १० घर चेपाङ बस्ती निर्माण गर्न सहयोगको सुरुवात गरेका छन् ।

चक्रपथ सरसफाइ अभियन्ता उद्यमी कुँवरले ४१ हजार रुपियाँ नगद सहयोग दिएर चेपाङ बस्ती निर्माणका लागि सहयोगको सुरुआत गर्ने पहिलो व्यक्ति वनेका छन् । यसअघि १६ औं हप्तासम्म काठमाडौंस्थित बाफलबाट कोरोनाको लकडाउनले समस्यामा परेका मजदुर तथा पत्रकारहरुलाई खाद्यान्नलगायतमा सहयोग गर्दै आएका उनको यो फरक प्रसंगको १७ औं हप्ते सहयोग हो ।

उनले आफूले गरेको सहयोग रकम माडी वडा नम्बर–९ का वडा अध्यक्ष शिवहरि सुबेदीको रोहबरमा चेपाङ बस्ती निर्माण समिति गठन गरेर हस्तान्तरण गरेका हुन् । संघर्ष गर्दै सडकबाट माथि उठेका कुँवरले भने, ‘सहयोगी मन हो हजुर । आफू पनि रिक्सा र ठेलागाडा चलाएर हुर्किएको मान्छे । दुखीको दुख देख्न सक्तिन । मैले यी १० घर चेपाङको बस्ती बनाउन ढोका खोलिदिएको मात्र हुँ । स्थानीय सरकार, सहयोगी मनहरु मिल्ने हो भने चेपाङहरुको मुहारमा हाँसो ल्याउन कति बेर लाग्दैन कि भन्ने लाग्छ ।’

भरखरै मात्र सरकारले यही चेपाङ बस्तीमा आगो लगाएको थियो । निकुञ्जका कर्मचारीको गल्तीले गर्दा आगो लाग्न पुगेको भन्दै मन्त्रीले स्पष्टीकरण दिनु परेको थियोे ।

aadharbhumi
aadharbhumi
aadharbhumi