neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको छ लाख ९७ हजार नाघ्यो (अपडेट)

विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको छ लाख ९७ हजार नाघ्यो (अपडेट)

Aug 4th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २० साउन

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ९७ हजार २८१ व्यक्तिको मृत्यु भएको छ ।

नेपाली समय सोमबार १२:०० बजे सम्म विश्वभरीमा एक करोड ८४ लाख ५० हजार ८३७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड १६ लाख ८१ हजार ९६० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ७१ हजार ५९३ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ६७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ४८ लाख ६२ हजार २८५ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ५८ हजार ९३१ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा २७ लाख ५१ हजार ६६५ जना सङ्क्रमित भएका छन् भने ९४ हजार ७०२ जनाको मृत्यु भएको छ ।