neapl investment mega bank
  • गृहपृष्ठ
  • पहिरोमा पुरीएका एक जनाको एपीएफ टोलीद्वारा जीवितै उद्वार

पहिरोमा पुरीएका एक जनाको एपीएफ टोलीद्वारा जीवितै उद्वार

Aug 3rd, 2020

सिन्धुपाल्चोक, साउन १९

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ स्थित एक टहरो पहिरो खसेर पुरिदा सो भित्र रहेका एक जनालाई साउन १९ गते बिहान एपीएफ टोलीले जीवितै उद्वार गरेको छ । उक्त पहिरोले पुरिएको सो टहरोभित्र ९ जना पुरिएका थिए ।

उक्त नगरपालिकाको कभर्ड हल निर्माणमा खटिएका बारा जिल्लाको सिमरा उपमहानगरपालिका २ घर भएका उनीहरु सो टहरोमा बस्दै आएका थिए । उक्त घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश मेलम्चीबाट एपीएफ टोली उद्वार कार्यको लागि त्यस ठाउँमा खटिएको थियो । जीवितै उद्वार गरिएका उनलाई उपचारार्थ हेलीद्वारा ह्याम्स अस्पताल धुम्बाराही काठमाडौंतर्फ पठाईएको छ । पहिरोमा पुरिएका अन्य आठ जनाको शव फेला पारिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi