neapl investment mega bank
  • गृहपृष्ठ
  • सांसद महेश बस्नेतद्वारा अनन्त कुण्डको शुभारम्भ

सांसद महेश बस्नेतद्वारा अनन्त कुण्डको शुभारम्भ

Aug 3rd, 2020

भक्तपुर, १९ साउन /रासस

सूर्यविनायक नगरपालिका–४ स्थित अनन्तलिङ्गेश्वर महादेव मन्दिरको पाउमा निर्माण गरिएको अनन्त कुण्डको आज शुभारम्भ गरिएको छ । देशभर रहेका ६४ शिवलिङ्गमध्येको ४१औँ शिवलिङ्गका रुपमा परिचित रहेको अनन्तलिङ्गेश्वर महादेव मन्दिर कुण्डको जनै पूर्णिमाका अवसरमा आज सांसद महेश बस्नेतले आज शुभारम्भ गर्नुभएको हो ।

सांसद विकास कोष र नगरपालिकाको साझेदारी, जलस्रोत डिभिजन कार्यालय तथा स्थानीयवासीको सहयोगमा रु ३९ लाख ७१ हजारको लागतमा निर्माण गरिएको अनन्त कुण्ड, सिँढी, पूजास्थल, तीनवटा ढुङ्गेधारा, भ¥याङ, मन्दिर परिसरमा कम्पाउन्ड लगाउने कार्य लगायतका निर्माण सम्पन्न भएसँगै आज शुभारम्भ गरिएको हो । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व रहेको प्रसिद्ध मन्दिर अनन्तलिङ्गेश्वर महादेव मन्दिरसँगै केही महिनाअघि नै उक्त स्थानमा अनन्त झुलासमेत निर्माण गरिएको छ ।

धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास हँुदै आएको वडा नं ४ र ७ को सङ्गमस्थलका रुपमा रहेको पर्यटकीय तथा धार्मिक महत्व रहेको मन्दिरमा आज बिहानै दर्शनार्थीको भीड थियो । कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गर्न यस वर्षदेखि सहज भएको थियो ।

पूर्वमन्त्रीसमेत रहनुभएका बस्नेतले अनन्तलिङ्गेश्वर रहेको इतिहासका पानामा रहेको ऐतिहासिक धार्मिकस्थल रहेको उल्लेख गर्दै यहाँ बाँकी रहेको भौतिक संरचना निर्माणलाई निरन्तरता दिइने बताउनुभयो । यस क्षेत्रको दीर्घकालीन विकासका लागि नगरपालिकासँग सहकार्य गरी जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गरी आर्थिक वृद्धिदरको मेरुदण्डका रुपमा अगाडि बढाउने जनाउँदै उहाँले महादेव खोलादेखि उक्त स्थानसम्म फुट ट्रायल तथा स्विमिङ पुलको निर्माण गर्ने योजनासमेत अघि बढाएको बताउनुभयो ।

नगर प्रमुख वासुदेव थापाले अनन्तलिङ्गेश्वरको विकास गर्दै यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुभयो । अनन्तलिङ्गेश्वर व्यवस्थापन संरक्षण समितिका अध्यक्ष शालिगराम न्यौपानेको संयोजकत्वमा भएको कार्यक्रममा प्रा डा पुरुषोत्तम लोचन श्रेष्ठ मन्दिरको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi