neapl investment mega bank

करेन्ट लागेर मृत्यु

Aug 3rd, 2020

रौतहट, १९ साउन

राजदेवी नगरपालिका-८ लक्ष्मीपुर बस्ने रामलक्षमण राय यादवको १६ वर्षीय छोरा बिरबन्धु राय यादवको करेन्ट लागेर आइतबार मृत्यु भएको छ । छिमेकी मिश्रीलाल यादवको मोटर जडान भएको कलको धारामा पानी खानको लागि कल चलाउने ‍क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी गौर नगरपालिका-६ सबगढा टोल बस्ने रुपलाल साहको २ वर्षीया छोरी आकृती कुमारी साहको करेन्ट लागेर आइतबार मृत्यु भएको छ । आफ्नै घरमा खेल्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi