neapl investment mega bank
  • गृहपृष्ठ
  • पोल्याण्ड पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ

पोल्याण्ड पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ

Aug 3rd, 2020

काठमाडौ, साउन १९

पोल्याण्ड पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखाका अनुसार चितवनको गर्दी गा.वि.स वडा नं. ०९ बस्ने कमला कुमारी थापाले पोल्याण्ड पठाईदिन्छु भनि बिभिन्न प्रलोभनमा पारी विश्वास दिलाई नगद १७ लाख रुपैयाँ लिई रकम ठगी गरी सम्पर्क विहीन भई फरार रहेको भनि लक्ष्मी देवकोटा समेतले महाशाखामा जाहेरी दिएका थिए ।

सोही आधारमा निजलाई खोजतलास गर्ने क्रममा जिल्ला चितवनको एरियामा लुकिछिपि बसेको भन्ने बुझिन आएको र जिल्ला प्रहरी कार्यालय चितवनसँग समन्वय आईतबार थापालाई पक्राउ गरी महाशाखामा उपस्थित गराई आज सोमबार महानगरीय प्रहरी परिसर पठाएको महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi