neapl investment mega bank

काठमाडौं उपत्यकामा थपिए ५१ संक्रमित

Aug 3rd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १९ साउन

काठमाडौंमा थप ५१ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ५१ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका ४३, ललितपुरका ३ र भक्तपुरका ५ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । आइतबार काठमाडौं उपत्यकामा ३१ संक्रमित थपिएका थिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट ८ हजार ८६१ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १० हजार ९३४ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ३२ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा कैलाली , महोत्तरी र रौतहट रहेका छन् ।हालसम्म ३ लाख ९८ हजार ९ सय ७ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा ३५८ जना संक्रमण निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कूल संख्या १४ हजार ९६१ रहेको छ । सङ्क्रमितहरु नहुने जिल्लामा भोजपुर ,संखुवासभा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi