काठमाडौं, साउन १९
प्रभुु बैंकको दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुुलेको छ । आज सोमबारबाट बैकको एक हजार रुपैयाँ अंकित मुल्य कायम रहेको २० लाख युनिट ऋणपत्रको बिक्री खुल्ला भएको हो ।
परिपक्व हुुने अवधि आठ बर्ष तोकिएको बार्षिक १० प्रतिसत व्याजदरको प्रभुु बैंक डिवेञ्चर २०८४ को खरिदको लागि सर्वसाधारणहरुले न्युुनतम १० कित्ता देखि अधिकतम तनि लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन । बिक्री प्रर्वन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड तोकिएको ऋणपत्रको बिक्री अवधि छिटोमा यही साउन २३ गते र ढिलोमा भदौ एक गते बन्द हुुने छ ।
संस्थापकहरुको ५१ प्रतिसत र सर्वसाधारणको ४९ प्रतिसत सेयर स्वामित्व रहेको बैंकको हाल चुक्ता पुंजी १० अर्ब ३१ करोड ५५ लाख छ हजार छ स २५ रुपैयाँ रहेको छ ।