neapl investment mega bank

म्याद गुज्रेका सामान नष्ट

Aug 2nd, 2020

भक्तपुर, १८ साउन /रासस

भक्तपुर नगरपालिकाले जनैपूर्णिमालाई लक्षित गरी बजार अनुगमन गरेको छ । आज गरेको खाद्य पसलहरुको अनुगमनमा सबै पसलमा कोभिड–१९ बाट सुरक्षित हुने गरी मास्क, पञ्जा, स्यानिटाइजर, एप्रोनको व्यवस्था नभएको सबै पसलमा म्याद नाघेका खाद्य सामानहरु बिक्रीका लागि राखिएको पाइएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले जानकारी दिनुभयो ।

अनुगमनमा सुरेश खाद्य स्टोर, सचिन खाद्य स्टोर, खोटेजा स्टोर, देभना खाद्य स्टोर, सेभेन नाइन इन्टरप्राइजेजलगायत भएको अनुगमनमा अधिकांशले नियमविपरीत खाद्य सामग्रीको बिक्री गरेको पाइएको उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा पसलमा दर्ता प्रमाणपत्र नभएको र नवीकरण नगरेको, चिउरा प्याकेजिङमा लेबल नभएको, खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्रबिना केही सामग्रीको लेबल राखेको, म्याद नाघेको सामानहरु बिक्रीका लागि राखेको पाइएपछि म्याद गुज्रेका खाद्य सामग्री जफत गरी नष्ट गरिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi